विप्लवका दाजुसहित ६ जना कार्यकर्ता पक्राउ
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ जयेन्द्र चन्दसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति ८ बजेतिर महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको विषेश टोलीले विप्लव समूहका ६ जनालाई पक्राउ गरेका हो ।
ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले भने–‘विप्लवका दाइसहित ६ जनालाई पक्राउ गरेको हा । उनीहरूसँग हातहतियार भने थिएन ।’ पक्राउ परेका चन्द विप्लव समूहको नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन् ।
पक्राउ पर्नेहरूमा विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन् । उनीहरूलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्