सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोना मानव जातिका लागी खतराः संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड–१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे ।

कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तराष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् ।

UN-United Nations

डिसेम्बर २०१९ मा देखिएको भाइरसबाट विश्वभर ४ लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २० हजार बढीले ज्यान गुमाएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्