सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भोली र पर्सी काठमाण्डौ बाहिर जान दिईने

सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ ।

बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो ।

लक डाउनको बेला मानिसहरू हिँडेरै टाढा–टाढा आफ्नो गृह जिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो ।

यो अवधिमा काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन । बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

Kathmandu Chhodne

फेसबुकबाट कमेन्ट गर्नुहोस्