सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा कोरोना संक्रमित ६ हजार ७ सय ९२ पुगे

विश्वभर आतंक मच्चाइरहेको कोभिड–१९ का कारण पछिल्ला दिनमा जापानमा पनि संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबारको दिनमा मात्रै जापानभर ६ सय ३२ जनामा कोरोना भाईरसको नयाँ संक्रमण भेटिएको पुष्टि भएको छ ।

टोकियोमा एकैदिन १ सय ८९ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । यो संख्या टोकियोमा एकैदिन यति धेरै संक्रमित भेटिएको पहिलो हो । बिहिबारसम्म संक्रमण नदेखिएको जापानको तोत्तोरी प्रान्तमा पनि पहिलो पटक संक्रमण देखिएको पुष्टि भएको छ ।

शुक्रवारसम्म जापान भित्रै कोरोना संक्रमितहरुको संख्या ६ हजार ७१ पुगेको छ । यसका अलवा डाईनामिक क्रुजका यात्रीहरु ७ सय २१ जना संक्रमित रहेका छन् । यो दुबै जोड्दा भने जापानभर हालसम्मको संक्रमितहरुको संख्या ६ हजार ७ सय ९२ जना पुगेको छ । त्यस्तै, संक्रमितहरु मध्ये १३० जना भन्दा बढीकोमृत्यु भईसकेको छ भने १३ जनाभन्दा बढी बिरामी भने निको भएर घर फर्केका छन् ।

पछिल्ला केहि सातादेखि निरन्तर संक्रमण बढ्न थालेपछि जापानको केन्द्रिय सरकारले टोकियो लगायतका विभिन्न ७ प्रान्तमा आपतकालिन् अवस्थाको घोषणा गरेको छ । यसका अलवा आजबाटै कार्यन्वयन हुनेगरि आईची प्रान्त सरकारले आईची प्रान्तमा पनि आपतकाल घोषणा गरेको छ ।

आपतकाल घोषणा गरि मानिसहरुको सामाजिक दुरी घटाउने प्रयास गरिएता पनि यसको प्रभाव देखिन केहि साता लाग्ने विज्ञहरुको भनाई छ । कोरोनाको संक्रमण बढ्दै जान थालेपछी जापानले आपतकाललाई अँझ कडा बनाउने तयारी गरिएको छ । यसको तयारी अन्र्तगत जापान सरकारले बन्द गर्ने व्यापार, व्यवसाय र उद्योगहरुको सुची बनाइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्