कोरोना संक्रमित युवक भारतबाट आएको खुलासा
रौतहटमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित युवक लडाउनको समयमा भारतबाट नेपाल आएको पाइएको छ । दिल्लीमा ब्याग फ्याक्ट्रीमा काम गर्ने उनी चैत १६ गते मध्यराति भारतीय सीमाबाट नेपाल प्रवेश गरेर इशनाथ नगरपालिका ५ स्थित घरमा पुगेका थिए ।
इशनाथ नगपालिकाका सूचना अधिकृत कृष्णानन्दन कुमारका अनुसार घर पुगेको रात युवकलाई परिवारले भित्र पस्न नदिएर बाहिरै राखेका थिए । भोलिपल्ट ति युवकलाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।
नगरपालिकाले सबैलाई विदेशबाट कोही आए स्वास्थ्य जाँच गराएर मात्र घरमा प्रवेश गराउनुपर्छ भन्ने प्रचार गरेका कारण उनको परिवार सचेत भएको नगरपालिकाका सुचना अधिकृत कृष्णनन्दन कुमारले जानकारी दिएका छन् ।
उनलाई वडा नम्बर ३ मा रहेको जनता उच्च माविको क्वारेन्टाइनमा राखिएको थियो । जनकपुरबाट आएको टोलीले क्वारेन्टाइनमा रहेका ३० मध्ये २५ जनाको नमुना संकलन गरेर लगेका थियो, त्यसमध्ये १९ वर्षका युवकमा संक्रमण देखिएको हो ।
विद्यालयको एउटा कोठामा पाँच जनालाई राखिएको थियो । १९ वर्षीय युवकलाई कुनै लक्षण देखिएको थिएन तर संक्रमण भएको पुष्टि भएको छ । उनीसँगै बसेका चार जनाको भने रिपोर्ट नेगेभिट आएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्