कहाँ छ सरकार ? देश टुक्र्याउने तयारीमा राउतहरु ।
यता सरकार चलाउने नेताहरु कुर्सीको झगडामा व्यस्त छन । उता सिके राउतहरु देश टुक्र्याउने प्रोपोगाण्डा बनाउँदैछन । नेपाललाई टुक्र्याउन सिके राउतहरु दिउँसै खुलेआम सोझा सिधा जनताहरुलाई उचालिरहेका छन ।
तराई नेपालबाट अलग हुनुपर्छ भन्दै राउतहरु तराईका भुभागहरुमा आमसभा, पर्चा पम्पलेट जस्ता कार्यक्रमहरु गर्दै जनतालाई उचालीरहेका छन । यता सरकार केबल मुकदर्शक बनिरहेको छ । देशको सुरक्षार्थ राष्ट्रिय सेना छ, प्रहरी छ, सशस्त्र प्रहरी छ तर सबै मौन छन ।
देश बिघटनको नारा लगाउने स्वतन्त्रता कुनै पनि देशमा कसैलाई पनि हुँदैन तर हाम्रो नेपालमा यो स्वतन्त्रता सायद संविधानको मौलिक हकमै रहेछ क्यारे ! होईन भने सिके राउतहरु देश टुक्र्याउन यसरी उफ्रिँदा सरकारका निकाय किन मौन बस्थे होला र ?
सिके राउतहरुको हर्कत कहाँसम्म छ भन्ने कुरा जम्मा ३ मिनेटको भिडियो हेर्नुहोस तपाई स्वयंलाई थाहा हुनेछ । सिके राउतले मधेशलाई नेपालबाट आजात(स्वतन्त्र) गर्नुपर्छ भन्दै खुल्ला रुपमा हजारौँ सर्वसाधारण सामु के सम्म भन्ने हर्कत गरेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्