कोरोनाले वेलायतमा फेरी अर्को नेपालीको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक नेपालीको ज्यान गएको छ । साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार बिहान लण्डनस्थित गाइज अस्पतालमा निधन भएको हो ।
रुघाखोकी र पखाला लगायतका लक्षणहरु देखिएपछि मार्च ३१ मा अस्पताल भर्ना भएका श्रेष्ठलाई भेन्टिलेटरमा राखिएको थियो । उनलाई ज्वरो भने आएको थिएन ।
श्रेष्ठको परिवारले उनलाई यसअघि खासै अरु ठूला स्वास्थ्य समस्याहरु नरहेको जनाएका छन् । उनका श्रीमती, एक छोरा र तीन छोरी छन । उनको परिवार सन् २०१० देखि बेलायत बस्दै आएको थियो ।
श्रेष्ठ लण्डनको ओलम्पिक पार्कमा ‘रेस्क्यू ड्राइभर’का रुपमा कार्यरत थिए । पासा पुचः गुठी, पशुपतिनाथ मन्दिर लगायतका स्थानीय संघसंस्थामा उनी एक आजीवन सदस्यका रुपमा सक्रिय थिए ।
नेपालमा स्याङ्जा पुख्र्यौली भएका श्रेष्ठको बसोबास पछिल्लो समय पोखरामा थियो । कोरोनाका कारण हालसम्म बेलायतमा एक दर्जन नेपालीको मृत्यु भइसकेको छ । जसमध्ये अधिकांश भूतपूर्व गोर्खा नै छन् ।
बेलायतभरमा सयौं नेपाली संक्रमित भएको आशंका छ । एक दर्जन भन्दा धेरै अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्