सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

संक्रमितसँगै आएकाले ढाँटेर घरमै बसेको खुलासा

वीरगञ्जबाट कैलाली आएकी एक बद्धामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनका कारण अलपत्र परेका ३४ जनालाई पठाएको थियो । त्यसक्रमा उनी पनि वीरगञ्जबाट कैलालीको लम्की पुगेकी थिइन् ।

इलाका प्रहरी कार्यालय लम्किका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दका अनुसार वीरगञ्जबाट आएकामध्ये लम्किचुहा १ का कोरोना संक्रमण देखिएकी बृद्धासहित १७ जना र ८ का ३ जना थिए ।

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेर घर गएपछि कोरोना संक्रमण देखिएपछि ६५ वर्षीया बृद्धालाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ भने परिवारका १६ क्वारेन्टाइनमा छन् ।

तर वीरगञ्जबाट एउटै गाडीमा आएका तीन जना सम्पर्कमा आएका छैनन् । ‘क्वारेन्टाइनमा बसेर आएका हौं भने उनीहरुले ढाँटे’ वडाध्यक्ष पूर्ण विष्टले भने ‘हामीलाई त संक्रमित बृद्धासँगै आएका हुन् भन्ने पनि जानकारी थिएन ।’

वडाध्यक्ष विष्टका अनुसार उनीहरु एकै परिवार हुन् । र अहिले पनि एउटै घरमा बसिरहेको छन् । उनीहरुलाई क्वारेन्टाइनमा ल्याउन पहल गरिएको लम्कीचुहा अस्पतालका डा. प्रकाश तिमिल्सिनाले बताए ।

‘संक्रमितसँगै आएकाले घरमा बस्नु भनेको जोखिम मोल्नु हो’ उनले भने, ‘हुन त र्यापिड टेष्टमा नेगेटिभ आएको छ, तर क्वारेन्टाइनमा ल्याएर फेरि पिसिआर बिधिबाट परिक्षण गर्न आवश्यक छ ।’

संक्रमितसँगै आएका बर्दगोरिया गाउँपालिकाका ५ जनालाई भने घर पुगेको १० दिनपछि क्वारेन्टाइनमा राखिएको छ । १८ गते गाउँ पुगेका उनीहरुलाई गाउँपालिकाले २ गते बिहान क्वारेन्टाइनमा ल्याएको थियो ।

सँगै आएकी बृद्धामा संक्रमण देखिएकले २ बर्षकी बालिकासहित ५ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले बताए । उनले भने, ‘¥यापिट टेष्टमा नेगेटिभ आएको छ । फेरि परिक्षण गर्ने तयारी गरेका छौं । ’

फेसबुकबाट कमेन्ट गर्नुहोस्