सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

देशभर संकटकाल घोषणा गर्ने जापानको तयारी

दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछी जापान सरकारले देशभर संकटकालको घोषणा गर्ने तयारी गरेको छ । यसअघि ७ ओठा प्रान्तमा संकटकाल घोषणा गरे पनि त्यसले मानिसको आवतजावतमा भने खासै प्रभाव पारेको छैन ।

जापानका सञ्चारमाध्यमहरुमा प्रकासित समाचार अनुसार आबे सरकारले जापानभर संकटकाल घोषणा गर्ने तयारी गरिरहेको छ । कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै देशव्यापी संकटकाल घोषणा गर्ने तयारी गरिएको सरकारी अधिकारीहरुलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।

Shinzo Abe pm of Japan

कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढेपछी यसअघि जापानका ७ ओटा प्रान्तमा मे ६ तारिकसम्म संकटकाल घोषणा गरिएको छ । अहिल विज्ञहरुसंग सल्लाह लिएर प्रधानमन्त्री सिञ्जो आबेले ७ प्रान्तमा गरिएको संकटकाल घोषणालाई बढाएर देशैभर गर्ने तयारी गरेको बताइएको छ ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी राजधानी टोकियो प्रभावित बनेको छ । अप्रिल १६ तारिख दिउँसो बसेको बैठकले जापानभर संकटकाल घोषणा गर्ने निर्णय गरेको हो । सरकारले सल्लाहकार समितिको सुझाव पर्खिरहेको र सम्भवत अप्रिल १७ तारिखबाट संकटकाल घोषणा गर्ने बुझिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्