सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बेलायतमा कोरोनाको खोप मानिसमा परिक्षण

बेलायतमा कोरोना भाइरस विरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो ।

बिहीबार सुरुमा २ जना स्वयंसेवकलाई इन्जेक्सन दिइएको छ । खोपको परीक्षण अध्ययनका लागि अन्य ८ सयभन्दा बढीलाई इन्जेक्सन दिइने तयारी गरिएको छ ।

खोप लिने दुईजनामध्ये एकजना एलिसा ग्रानाटोले बीबीसीलाई भनिन्, ‘म एक वैज्ञानिक हुँ, त्यसैले जहाँ भए पनि वैज्ञानिक प्रक्रियालाई सहयोग गर्न प्रयास गर्न चाहान्थे ।’

Corona Vaccine test in UK

यो खोप ३ महिनाभित्र अक्सफोर्ड विश्वविद्यालयको टोलीद्वारा विकसित गरिएको हो । यो अभियानका लागि जेनर इन्स्टिच्युटबाट भ्याक्सिनोलोजीकी प्रोफेसर सारा गिलबर्टले प्रि–क्लिनिकल अनुसन्धानको नेतृत्व गरेकी थिइन् ।

खोपको परीक्षण सुरु गरेपछि उनले भनिन्, व्यक्तिगत रुपमा मलाई यो खोपमा निकै विश्वास छ’ प्रोफेसर गिल्बर्टले भनिन्, ‘मलाई ८० प्रतिशत आत्मविश्वास छ कि यो भ्याक्सिनले काम गर्छ ।’

बेलायतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ३८ हजारभन्दा बढी देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS