सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपाली शब्दकोषमा भाईरसको अर्थ सच्याइँदै

चीनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण चलनचल्तीमा आएका केही नयाँ प्राविधिक शब्द नेपाली शब्दकोशमा थप्न नेपाल प्रज्ञा प्रतिष्ठानले तयारी गरेको छ ।

हाल चलतचल्तीमा आएका थुप्रै नयाँ शब्द अबका पुस्ताले बुझुन् भन्ने उद्देश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थप्ने तयारी गरेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताएका छन् ।

Corona Virus

हाल कोरोना, कोभिड–१९, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, होम–क्वारेन्टाइन, र्यापिड टेस्टिङ, किट, भाइरस, सोसियल डिस्टेन्स, ट्रेसिङ लगायत चलनचल्तीमा रहेका कोरोना महामारीसँग जोडिएका शब्दहरु थपिने तयारी अन्तिम चरणमा पुगेको कुलपति उप्रेतीले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS