बारा र पर्सामा गरी थप ३ जनामा कोरोना पुष्टि
बारा र पर्साका थप तीन जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाइएको हो ।
बिरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका रहेका छन् । श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।
संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । संक्रमित मध्ये १६ जना निको भएका छन् । संक्रमितहरु प्राय भारत या तेस्रो मुलुकबाट आएकाहरु धेरै छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्