सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

इरफानका अन्तिम शब्द: आमा लिन आउनुभयो

बलिउड अभिनेता इरफान खानले बुधबार बिहान मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा क्यान्सरसँग संघर्ष गर्दागर्दै ज्यान गुमाए । उनको निधनले अभिनय क्षेत्रले एउटा अभूतपूर्व प्रतिभा गुमाएको छ । उनी दुई वर्षदेखि क्यान्सरसँग संघर्ष गरिरहेका थिए ।

२०१८ देखि क्यान्सरको उपचार गरिरहेका खानलाई न्युरोएन्डोक्राइन ट्युमर थियो । मगंलबार उनलाई कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा कोलोन संक्रमणका सघन कक्षामा भर्ना गरिएको थियो ।

४ दिनअघि मात्र ५३ वर्षीय खानकी आमा मृत्यु भएको थियो । आमाको निधन हुँदा इरफान मुम्बईमा थिए भने उनकी आमा राजस्थानको जयपुरमा । इरफानले अन्तिम पटक श्रीमती सुतापा सिकदार, छोरा बाबिल र अयानसँग भेटेका थिए । पिपिङ मूनले निकालेको एक विशेष रिपोर्टमा इरफानले मृत्यु हुनु अघि अन्तिम पटक बोलेका कुरा सार्वजनिक गरेका छ ।

Irfan Khan

पिपिङ मूनका अनुसार इरफानले उनको आमालाई अस्पतालमा देखेका थिए । मृत्युसँग संघर्ष गरिरहेका उनले अचानक आफ्नी श्रीमती सुतापालाई ‘आमा कोठामै हुनुहुन्छ’, भनेका थिए।

‘उनलाई आमा उनको मृत्यु पीडा कम गर्न आएको विश्वास थियो’, सो रिपोर्टमा लेखिएको छ, ‘हेर ! उहाँ मेरो छेउमै बसिरहनुभएको छ । अम्मा मलाई लिन आउनुभएको छ ।’

इरफान खानकी ८० वर्षीय आमा सईदा बेगमको शनिबार २० अप्रिल, २०२० मा निधन भएको थियो । उनी उमेरजन्य विभिन्न रोगबाट ग्रसित थिइन् । लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा पुग्न पाएका थिएनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्