बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन
बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन् ।
हिजो मात्रै उनलाई स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो ।
दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए ।
उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्