सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मैले आफ्नो ड्रिम ब्वाई भेटिसकेँः पुर्णिका शाह

राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानी सुपुत्रि हुन् पूर्णिका शाह ।

पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।

१९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् । पूर्णिकाले हालै फलोअर्सहरूसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरिन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन् ।

qooh.me’ नामक वेवसाइटमा अकाउन्ट खोलेकी पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरूका ४८ वटा प्रश्नको जवाफ दिएकी छिन् । यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्बन्धित वा अरू विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिन एजका केटीहरूमा यो वेवसाइट लोकप्रिय छ ।

Purnika Shah

एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका छन् ।
यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’

पूर्णिकालाई एउटा नमीठो प्रश्न पनि सोधिएको छ ।
‘तपाईंका बुबा र हजुरबुबाले वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या किन गरे ?’ एकजनाले सोधे ।
त्यसलाई पूर्णिकाले जवाफ फर्काएकी छिन्, ‘यदि तपाईंलाई यो कुरा साँचो लाग्छ भने मलाई किन फलो गर्नुहुन्छ ?’

पूर्णिकाले राजनीतिमा आफ्नो रुचि नरहेको बताएकी छिन् । पढाइ सिध्याएपछि सधैंका लागि नेपाल फर्किने उनको भनाइ छ । साथै भविष्यमा कुनै आध्यात्मिक कर्ममा संलग्न हुने योजना पनि उनले सुनाएकी छन् ।

पूर्णिकासँगका अन्य केही रमाइला प्रश्नोत्तर यस्ता छन्:
प्रश्नः धेरै नेपाली केटीहरू तपाईंका भाई हृदयन्द्रप्रति हुरुक्क हुन्छन् । उनको बारेमा टिकटक भिडियो बनाउँछन्, दिउँसै सपना देख्छन्, आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गर्छन् । उनीहरूलाई तपाईंको सन्देश के छ ?
पूर्णिकाःसबैको माया र साथलाई हामी कदर गर्छौं ।

प्रश्नः तपाईंको प्रेरणा स्रोत को हो ?
पूर्णिकाः मेरी आमा

प्रश्नः तपाईंको सबैभन्दा ठूलो शक्ति के हो र तपाईं तनाव र दबाबलाई कसरी सामना गर्नुहुन्छ ?
पूर्णिकाः मेरी आमा नै मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ । उहाँले सधैं मलाई राम्रो मान्छे बन्नलाई प्रोत्साहन गर्नुभयो ।

Himani and Purnika Shah

प्रश्नः तपाईंले कहिल्यै कसैलाई थप्पड हान्नुभएको छ ?
पूर्णिकाः अँ, हानेकी छु ।

प्रश्नः रोमान्टिक फिल्म कि हरर फिल्म रुचाउनुहुन्छ ?
पूर्णिकाः हरर

प्रश्नः थाइल्यान्डमा तपाईं कुन कारमा यात्रा गर्नुहुन्छ ? तपाईंसँग कतिवटा कार छन् ?
पूर्णिकाः मसंग कार छैन । म यहाँ सार्वजनिक सवारीसाधनमा यात्रा गर्छु ।

प्रश्नः तपाईं आफ्ना भाइबहिनीसँग कत्तिको झगडा गर्नुहुन्छ ?
पूर्णिकाः हामी त कुकुर र बिरालो जस्तै झगडा गरिरहन्छौं ।

प्रश्नः तपाईंको चम्किलो त्वचाको रहस्य के हो ?
पूर्णिकाः स्न्यापच्याट फिल्टर !

प्रश्नः तपाईंले आफ्नो भाइका फ्यानगर्लहरूको टिकटक हेर्नुभएको छ ?
पूर्णिकाः हेरेको छु । ‘क्युट’ छ ।

प्रश्नः तपाईं शाकाहारी हो ?
पूर्णिकाः अहिले होइन । भविष्यमा हुन्छु होला ।

प्रश्नः तपाईंको भाइबहिनीको सबैभन्दा राम्रो गुण के हो ?
पूर्णिकाः उनीहरूको हृदय कोमल छ ।

प्रश्नः तपाईं कहिल्यै एकान्तमा रुनुभएको छ ?
पूर्णिकाः रोएको छु ।

प्रश्नः मैले तपाईंका बारेमा दुईवटा कुरा सुनेको छु । तपाईंले संस्कृत पढ्नुभएको छ र तपाईं नेपाली भाषामा राम्रा कविता लेख्नुहुन्छ । यी कुरा सत्य हुन् ?
पूर्णिकाः म संस्कृत जान्दिनँ र नेपालीमा कविता पनि लेख्दिनँ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्