सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सुन्दरी गायिका रेखा शाहको नयाँ गित ‘मौन…’

‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ बोलको गीतबाट संगीत क्षेत्रमा स्थापित भएकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘तिमि पनि मौन…’ सार्वजनिक गरेकी छिन् ।

गायिका शाहको सुमधुर स्वरले सजिएको ‘मौन’ गीत भुपेन्द्र खड्काले लेखेका हुन् । हरि लम्सालले कम्पोज गरेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका छन् । म्युजिक भिडियोमा गायिका शाह आफैंले अभिनय गरेकी छिन् ।

गितको म्युजिक भिडियोको निर्देशक नितिन चन्दले गरेका हुन् । क्यामरा तथा सम्पादन रूपेस थापाको रहेको छ भने म्युजिक भिडियोमा मेकअप शुफी सुनुवारले गरेकी हुन् ।

Rekha Shah

१५ वर्षको उमेरमा ‘सिमसिमे पानीमा…’ बोलको गीत गाएर रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी रेखा शाहले नेपाली संगीतमा २५ वर्ष भन्दा बढी बिताइसकेकी छिन् ।

लोकगीतबाट सुरु भएको उनको यात्रा आधुनिक, पाश्चात्य, फ्युजन हुँदै गीतका विविध विधामा फैलिंदै छ । उनका आधा दर्जन गीति एल्बम प्रकाशित छन् । उनले वैशाख पहिलो साता मात्र फरक शैलीको गीत ‘जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी’ सार्वजनिक गरेकी थिईन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS