सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेरी १ जनामा कोरोना, जम्मा संक्रमित १०२ जना

शुक्रबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ । जसमा पुरुषको संख्या ७४ छ भने २८ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश नम्वर एकमा ३१, प्रदेश दुईमा ३०, बागमतीमा ७, गण्डकीमा २, प्रदेश पाँचमा २७, सुदुर पश्चिममा ५ जना संक्रमित छन् ।

Corona Virus

कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रिमत देखिएका छैनन् । उपचाररत सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण भएका ३० जना निको भएका छन् । जसमध्ये तीन जनामा पुन; कोरोना पोजेटिभ देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्