लुकिलुकी भेटन आउ है झम्के साँझैमा रे !
बिर्सिन्छु म घरैको काम पनि
कहिले जाला झैँ हुन्छ घाम पनि
दिलको माझैमा
मैले तिमिलाई सजाईसकेँ दिलको माझैमा
मेरो मनको कुरा सबै भन्छु आजै म
है लुकिलुकी भेटन आउ है झम्के साँझैमा
झम्के साँझैमा बोलको गितमा गायीका मिना लामाले गाएका शब्द हुन यी । आजकल यस्ता ठेट शब्दका गितहरु कमै सुन्न पाईन्छ । गितका शब्दहरुले श्रोताको मनको भावलाई टपक्क टिपे झैँ गरी गित तयार बनाईएको छ ।
नेपाली जनजिवन र परिवेशलाई शब्दका माध्यमले गितमा प्रस्तुत गरिएको छ । दिनभरी कामकाजमा व्यस्त हुनुपर्ने नेपाली समाजमा मन परेको मायाँलाई भेट्न झम्के साँझको निम्तो दिईएको छ ।
उसो त दिउँसो भेट्दा सबैले देख्लान, कुरा काट्लान भनेर पनि मायाँलुलाई भेट्न झम्के साँझको समय मिलाएको हुनुपर्छ । जेहोस गित सुन्ने जो कोहीले शब्द, स्वर र रिदममा आफुलाई भुलाउन सक्छ ।
सुमन परियारको लय तथा शब्द सिर्जना रहेको यो गितमा मिना लामा र सुमन परियारकै स्वर रहेको छ । गितको म्युजिक भिडियोमा गायक सुमन स्वयं र नायिका रिना थापाको अभिनय रहेको छ । अभिनय सुमन र रिना दुबैको दमदार छ ।
चक्लेटी सुमनको जिउडालले भिडियोलाई थप हेरिरहुँ भन्ने बनाएको छ भने नायीका रिनाको मदहोस जवानी र सुन्दरताले पनि गितको भावलाई न्याय गरेको छ । उसो त गायीकाको सुन्दरता पनि तारीफ गर्न लायक छ । भिडियोको प्रस्तुती, छायांकन उत्कृष्ट देखिन्छ ।
नेपाली गित संगितको महासागरमा झम्के साँझैमा एउटा उत्कृष्ट गितको रुपमा सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक भएको दुई हप्ता नपुग्दै यो गितलाई १ लाख ४० हजार पटक हेरीएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्