सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तिन जोईका पोई र संघियता बिरोधि मन्त्री

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्तार भएको छ । तर, विवादित नेता मन्त्री भएपछि यसको चर्चा विवादमा केन्द्रित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रेमबहादुर सिंह र कुमार खड्कालाई मन्त्रीमा सपथ खुवाउनु भएको छ ।

सिंह सरसफाइ मन्त्री बनेका छन् भने खड्का महिला तथा बालबालिका मन्त्री बनेका छन । मन्त्री बनेका प्रेमबहादुर र कुमार दुवै संविधान संशोधनको विपक्षमा रहँदै आएका छन । उनीहरु दुवै संघीयता विरोधी हुन् ।

समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंहका लागि मन्त्री पद नयाँ होइन । २० वर्षको अवधिमा उनी चौथोपटक मन्त्री बनेका छन् । संयोग नै मान्नुपर्छ, उनी दुई पटक कानुनमन्त्री बने भने दुई पटक खानेपानी तथा सरसफाइ मन्त्री ।

प्रेमबहादुरको राजनीतिक इतिहास पनि प्रेमको डोरी जस्तै घुमाउरो छ । नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाट वामपन्थी राजनीति शुरु गरेका सिंहले पञ्चायतकालमा कर्णालीमा राम्रा नेताको छवि बनाएका थिए ।

सिंह मजदूर किसान पार्टी छाडेर तत्कालीन माले हुँदै एमाले बने । एमालेबाट कर्णाली अञ्चल इन्चार्ज बनेका सिंहले आफ्नै कमाण्डमा ०५६ सालमा कर्णालीका पाँचै सीटमा एमालेलाई बिजयी बनाएका थिए । त्यसअघि नै सिंह राष्ट्रिय सभामा एमालेको सांसद भइसकेका थिए ।

वामदेव गौतम उपप्रधानमन्त्री भएको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा ०५३ मा सिंह एमालेका तर्फबाट पहिलो पटक कानुन मन्त्री बनेका थिए । एमाले फुटेर माले बने पनि सिंह एमालेमै बसे । यसबीचमा उनको व्यभिचारी चरित्रबाट पीडित बनेका हुम्लाका एकजना एमाले कार्यकर्ताले बल्खुको छतबाट हाम फालेर आत्महत्या गर्ने प्रयाससमेत गरे ।

यो घटना गम्भीर छ । पार्टी संगठन निर्माणका लागि हुम्ला पुगेका बेला सिंहले आफ्नै सहकर्मीकी पत्नीसँग व्यभिचार गरेको भेटिएपछि यस्तो घटना भएको थियो । र, यही घटनाका कारण सिंहले ०५५ सालमा कालिकोटमा कुटाइसमेत खाएका थिए ।

चौथो पटक मन्त्री बनेका सिंहकी जेठी श्रीमती हाल कालीकोटमा छिन् भने माइली श्रीमती थानकोटतिर छिन् । उनी अहिले आफ्नै पार्टीकी एक नेतृसँग मैतिदेवीमा बस्दै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले यिनै नेतालाई मन्त्री बनाएपछि नयाँ मन्त्री सिंहको मात्र होइन प्रधानमन्त्रीको समेत आलोचना सुरु भएको छ ।

सिंह मन्त्री बन्ने नैतिकता नभएका मात्र होइनन् उनी कानुनी रुपमा पनि उपयुक्त पात्र होइनन् । मन्त्री सिंहको पार्टी समाजवादी जनता दल निर्वाचन आयोगबाट खारेज भइसकेको छ । पार्टीका नाममा उनी र एकजना एकल महिलामात्रै छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्