सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सडकमा गुडिरहेको बाइकमा आगो लागेपछी

दाङमा गुडिरहेको एक मोटरसाइकलमा आगो लागेको छ । सडकमा गुडिरहेको रा १ ब ७२५ नम्वरको सरकारी मोटरसाइकलमा एक्कासी आगो लागेको हो ।

दंगिशरण गाउँपालिका वडा नं. ५ का वडा सचिव प्रेमप्रकाश चौधरीले चलाइरहेको समयमा बुधवार बेलुकी बाइकमा एक्कासी आगो लागेको चौधरीले जानकारी दिएका छन् ।

उक्त मोटरसाईकल वडाध्यक्ष दिपक गौतमले प्रयोग गदै आएका थिए । बुधवार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित भ्याली पेट्रोलपम्म दोघरेमा पेट्रोल भरेर फर्किदै गर्दा त्यसको नजिकै एकाएक मोटरसाइकलमा आगलागी भएको वडा सचिव चौधरीले बताएका छन् ।

‘वडाध्यक्षज्यूको आदेशले म पेट्रोल पम्पमा इन्धन भर्न गएको थिएँ । एक हजारको तेल भरेर दुई मिटर पर पुग्नासाथ मलाई खुट्टामा पोलेको अनुभूति भयो’, चौधरीले भने ‘यसो दाहिने खुट्टामा हेरेको त ट्याङ्की मुनी आगो बलिरहेको रहेछ ।’

Bikema Fire

त्यसपछि आफुले हत्तनपत्त बाइकको इन्जिन बन्द गरी स्ट्याण्ड लगाएर भागेर ज्यान जोगाउन सफल भएको चौधरीले बताए । आगलागी पेट्रोल पम्पको कम्पाउन्डमै भएको हुँदा ५ मिनेट भित्रै दमकल आएपनि बाइक भने जोगाउन नसकिएको चौधरीले बताएका छन् ।

‘पेट्रोल पम्पको कम्पाउन्ड भित्रै बाइकमा आगो लागेपछि ठूलो तनाव भएको थियो,’ चौधरीले भने ‘तर समयमै दमकल आएको हुँदा थप क्षति हुन पाएन ।’ आगलागीवाट मोटरसाइकल भने पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

तस्विर–वडा सचिव चौधरीको फेसबुकवाट ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्