सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ट्रम्पको सपथग्रहण, आतंकबाद समाप्त गर्ने उदघोष

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाली समयअनुसार शुक्रबार राती पौने ११ बजे उनले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ लिएका हुन् ।

भव्य समारोहका बीच उनले अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जस्टिन जोनबाट पद तथा गोपनियताको सपथ लिएका हुन । उनको सपथ ग्रहण समारोहमा करीब ९ लाख मानिसहरुको सहभागिता रहेको थियो भने करोडौंले टेलिभिजनबाट प्रत्यक्ष हेरेका थिए ।

पद तथा गोपनियताको सपथ लिएसँगै ट्रम्पले आफ्नो सम्बोधनमा भने– ‘चुनौति आउँछन तर सबै चुनौतिको सामना गर्न तयार छौं । हामी मात्र भविष्यको बारेमा सोचिरहेका छौं ।’ ७० वर्षीय ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्ने नेता हुन् ।

शपथ ग्रहण गरेपछि अमेरीकी जनतालाई गरेको २० मिनेट लामो सम्बोधनमा डोनाल्ड ट्रम्पले भने–‘हामी सत्ता जनतालाई पुनः हस्तान्तरण गरिरहेका छौं । यो तपाईंको दिन हो, यो तपाईंको उत्सव हो र अमेरिका तपाईंको देश हो ।’

सम्बोधनका क्रममा ट्रम्पले भने–‘हाम्रो देशका जो महिला–पुरुषलाई बिर्सिइएको छ अब उनीहरुलाई अझै बिर्सिइने छैन । सरकार कसको हो, त्यसले केही फरक पार्दैैन । देशमा जनताको नियन्त्रण छ कि छैन भन्ने विषय महत्वपूर्ण हो ।’

ईस्लामिक आतंकवाद विरुद्ध उनले भने–‘अमेरिका दोस्रो पटक जित्ने छ र यसरी जित्नेछ जुन पहिले कहिलै जितेको थिएन । हामी उग्र इस्लामिक चरमपन्थ विरुद्ध सभ्य दुनियाँलाई एकजुट गर्नेछौं र हामी यसलाई पूरा धर्तीबाट बिस्थापित गर्नेछौं ।’

ट्रम्पले आफुले देशभक्तिका लागि हृदय खोलेर राखिदिएको र अब पूर्वाग्रहको लागि कुनै स्थान नभएको बताएका छन । सम्बोधका क्रममा उनले भने–‘हामी मिलेर अमेरिकालाई पुनः महान बनाउनेछौं । हामी अमेरिकालाई पुनः सम्पन्न र वैभवशाली बनाउनेछौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्