सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

थप तिन जनामा कोरोना पुष्टि, संख्या २९५ पुग्यो

आइतबार थप तीन जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स समेत रहेको खुलेको छ । बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन् । उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन् ।

https://youtu.be/fR8QVZFG98A

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो ।

Corona Virus

यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्