बाराका कोरोना संक्रमित पत्रकार भएको खुलासा
सोमबार बिहान स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको बाराका कोरोना संक्रमित व्यक्ति पत्रकार भएको खुलेको छ । स्वास्थ्य मन्त्रालयले आज सोमबार बिहान जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।
बाराको करैयामाई निवासी उनी पत्रकार रहेको खुल्न आएको हो । उनी बारा जिल्लाका पाँचौं संक्रमित व्यक्ति हुन् । अहिले उनी रिपोर्टिङका लागी कतै गए गएनन् ! यदी गएको भए कहाँ कहाँ गए ? अर्थात उनलाई कहाँबाट कोरोना सर्यो ? भन्ने बिषयमा जानकारी लिने काम भईरहेको बताइएको छ ।
यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।
संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ ।
नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी २९ बर्षिया महिला हुन भने दोस्रो मृतक बाँकेका २५ बर्षिय युवक हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्