सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मंगलबार नेपालमा १५ जनामा कोरोना भएको पुष्टि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिन यता नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । चैत ११ गतेदेखि देश पुरै ‘लकडाउन’मा भए पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ ।

आज (मंगलबार) पनि नेपालमा यो समाचार तयार पार्दासम्म थप १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ३९० पुगेको छ । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने प्रदेश १ मा ११ जना रहेका छन् ।

https://youtu.be/fR8QVZFG98A

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रदेश १ मा पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् भने दुईजना सुनसरीका रहेका छन् । कुल संक्रमितमध्ये २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको मृत्यु भएको छ ।

हिजो (सोमबार) एकैदिन ८० जनामा कोरोना पुष्टि भएको थियो । आइतबार पनि नेपालमा १४ जना नयाँ संक्रमित थपिएका थिए । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन् । बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितहरु अधिकांश भारतबाट आएकाहरु छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्