भारतबाट आएको कोरोना कडा रहेछः प्रधामन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुमा कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्–‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’ पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको पनि प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरेका छन् । प्रधानमन्त्रीलाई रोष्ट्रममा उभिएर बोल्न गाह्रो भएपछी कुर्सिमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्