सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोना संक्रमितको संख्या ४३४ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड–१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

प्रदेश १ मा मात्रै संक्रमितको संख्या ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ । प्रदेश कार्यालयका अनुसार पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ भने आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

यसअघि बुधबार नै २५ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको थियो । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका–५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

Corona Infected

यस्तै कपिलवस्तुमा पनि १३ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् । १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका–५ को बेलवानी क्वारेन्टाइनमा छन् । यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् । कोरोनाका कारण नेपालमा अहिलेसम्म २ जनाको निधन भइसकेको छ भने निको भएर घर जानेको संख्या ४५ पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्