सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रौतहटमा राँगाको आक्रमणबाट महिलाको मृत्यु

रौतहटको पूर्वीभेग बृन्दावन नगरक्षेत्र अन्तर्गत पर्ने जंगलमा राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पासवानको घटनास्थलमै मृत्यु भएको हो ।

buffello Rago
फाइल तस्विर

अन्य तीनजना महिलासंग वनबाट दाउरा ल्याउँदै गर्दा शुक्रबार साँझ एक्कासि वनभित्रै राँगाले आक्रमण गर्दा पासवानको ज्यान गएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटको पूर्वीभेग वनबाट जोडिएको सर्लाहीका तस्करहरुले वनबाट काठ तस्करी गर्न राँगाहरु प्रयोग गर्ने गर्दछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्