सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार १९ जना संंक्रमित थपिएका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार आइतबार मोरङमा १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् ।

Corona

यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३ पुगेको छ । तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालसहित बिश्वका बिभिन्न देशमा गरी कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ११७ पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS