सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

वियोगान्त प्रेमघटनाः पाँचौ युवाको शव भेटियो

ठकुरी प्रेमिका भगाउन भनि साथीहरुको समुह लिएर गएका बेला रुकुमको चौरजहारीमा गाउँलेद्वारा लखेटी लखेटी हत्या गरिएको भनिएका नवराज बिकसहित ६ बेपत्ता मध्येका पाँचौको शव बिहिबार फेला परेको छ । अँझै एक जना बेपत्ता भएको प्रहरीले बताएको छ ।

यसअघि ४ जनाको शव भेटिसकेकोमा भेरी नदीमा वेपत्ता रहेका दुई जनामध्ये बिहीबार १ जनाको शव फेला परेको छ । छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने कालाभीर नजिक भेरी नदीको किनारमा एकजनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिका–४ का सञ्जु विकको शव फेला परेको हो । नेपाल प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक महेशकुमार आचार्यले जानकारी दिएका छन् ।

Lokendra Sunar chaurjahari Rukum
फाईल तस्विर

शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये एक जना सोही दिन राति मृत भेटिएका थिए भने ५ जना बेपत्ता थिए ।

ती पाँचमध्ये बिहीबारसम्म चार जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । अझै वेपत्ता रहेका एक जनाको खोजी कार्य जारी छ । केटी भगाउन भनी जाजरकोटबाट सोती गाउँ गएका २१ वर्षीय नवराज विक सोही राति भेरी नदीमा मृत भेटिएका थिए ।

सोमबार चौरजहारी नगरपालिका–१ का २० वर्षीय टिकाराम सुनार र अर्का एक जना गणेश बुढाको शव भेटिएको थियो । यस्तै बुधबार बेलुका भेरी नगरपालिकाकै लोकेन्द्र सुनारको शव पनि कुदु गाउँ नजिकै भेरी नदीमा फेला परेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS