सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

विद्युत प्राधिकरणका १२ विद्युत चोर प्रहरी खोरमा

विगत १२ बर्षदेखी विद्युत चुहावट गरी लोडसेडिङ गराउँदै आएका नेपाल विद्युत्त प्राधिरणका सुपरभाइजरसहित एक दर्जन कर्मचारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले हेटौंडा, काठमाडौंको बानेश्वर, बालाजु तथा महाराजगञ्ज लगायतका स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अपराध महाशाखाले विद्युत्त प्राधिकरण बालाजुका सुपरभाईजर सुमन श्रेष्ठ, पूर्व मेन्टिनेन्स टहल बहादुर कार्की, हेटौंडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान, बानेश्वर शाखाका इलेक्ट्रिसियन अच्युत खड्कालाई पक्राउ गरेको हो ।

त्यस्तै ग्राहक सेवा निर्देशनालयका मिटर रिडरहरु दिल बहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, ठाकुर महर्जन, मनिस श्रेष्ठ, लगनखेल शाखाका सुर्य बहादुर थापा तथा भक्तपुरका पूर्व सुपरभाईजर भगवान पाण्डे पनि पक्राउ परेका छन् ।

विद्युत्त चुहावट गरेर लोडसेडिङ बढाउने कार्यमा भूमिका खेल्ने चार जना उद्योगी मञ्जुश्री खानेपानी उद्योगका सञ्चालक कुमार लामा, मिठाई पसल सञ्चालक तपन घोष, कपास ब्यापारी परवेज आलम र रामेश्वर मिठाई पसलका सञ्चालक रमेश चुँडाल पनि पक्राउ परेका छन ।

 

प्रहरीका अनुसार उनीहरुले ५० हजार विल उठेको भए मिटर विगारेर ५०० देखि १ हजार मात्र विलिङ गराउँथे । बाँकी रकम भने उद्योग र विद्युत प्राधिकरणका कर्मचारीहरुले आधा आधा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हेटौंडा कार्यालयका कर्मचारी महादेव प्रधानले हेटौंडाको हटियामा सिवम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ ।   उनीहरूले गौशालामा रहेको रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानामा पनि मिटर बिगारेर रकम असुली गरेको भेटिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS