रुकुम घटनाबारे वडाध्यक्षकी श्रीमतीको वयान (भिडियोसहित)
रुकुमको चौरजहारीस्थित सोतीगाउँमा जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटनाले सडक देखी संसदसम्म तातिएको छ । सोतीगाउँमा रहेकी मल्ल थरकी आफ्नी प्रेमिकालाई भगाउन भनी १९ जना साथीसहित आएका नवराजको समुहमाथी गाउँलेले आक्रमण गर्दा नवराज सहित ६ जनाको मृत्यु भएको छ ।
घटनामा केटि पक्षले आफुहरुले नवराजको समुहमाथी कुटपिट गरेको नभई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने प्रयास गर्दा उनीहरु भागेर आफै नदीमा हाम फालेको र नदी तर्न नसकेर बगेको बताएका छन् । उता केटि पक्षले भने गाउँलेहरुले नै मारेर फालेको आरोप लगाउँदै २० जनाबिरुद्ध किटानी जाहेरी दिएका छन् ।
घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायतको संलग्नता रहेको भन्दै किटानी जाहेरी परेपछी वडाध्यक्ष मल्लसमेत अनुसन्धानका लागी हिरासतमा रहेका छन् । यता वडाध्यक्षकी श्रीमती पुतला मल्लले झगडा सुरु भईसकेपछी वडाध्यक्षका हैसियतले घटनास्थल पुगेका डम्बरबहादुरलाई घटनामा संलग्न भनी फसाउन खोजेको आरोप लगाएकी छिन् ।
घटनाका वास्तविक दोषिलाई कारबाही गर्नुपर्नेमा वडाध्यक्ष आफ्नो पदिय जिम्मेवारी निर्वाह गर्ने क्रममा घटनास्थल जाँदा वडाध्यक्षलाई नै दोषि हो भन्नु अन्याय हुने उनको तर्क छ । उनले आफु र श्रीमान खेतमा भएको र घटना भएको खबर पाएपछी श्रीमान के भएको रहेछ भनेर घटनास्थल गएको उनले बताएकी छिन् ।
अन्तरजातीय प्रेमलाई लिएर भएको चौरजहारीको सोती घटनालाई मानवीय अपराधका रुपमा परिभाषित गर्दै देशभर व्यापक बिरोध र आन्दोलनका कार्यक्रम भइरहेका छन् । गृह मन्त्रालयले सहसचिव नेतृत्वको छानबिन समिति बनाएको छ भने प्रहरीको सिआईबी टोलीले पनि घटनाको अनुसन्धान गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्