रौतहटमा मात्रै एकैदिन ६५ जनामा कोरोना पुष्टि
बिहिबार रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । यो समाचार तयार पार्दासम्म नेपालमा संक्रमित हुनेको संख्या २४८७ पुगेको छ ।
घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर, माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक–एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टाइनमा बसेका व्यक्तिहरु छन् । बिहीबार थपिएका ६५ जना संक्रमित सँगै रौतहटमा संक्रमित हुनेको कुल सँख्या ३८३ पुगेको छ ।
बुधबार दोलखा घर एका ७६ बर्षिय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका एक गरी ९ जनाको मृत्यु भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्