सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जेठ २५ बाट सिमित जिल्लामा लकडाउन खुल्ने

कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम संक्रमित भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

समितिले चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरूमा जेठ २५ बाट जिल्ला नकट्ने र एक पटकमा सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्नेगरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्नेगरी लामो दुरीमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ । त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरू मात्र चढाउने गरी अन्तरिक हवाई सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ ।

तर कोरोना संक्रमणको सयभन्दा बढी केसहरू भएका जिल्लामा यो मापदण्ड लागु हुने छैन । साथै, उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन् ।

उच्चस्तरीय समितिको प्रस्तावको मस्यौदा

Lockdown khulne

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS