सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुपन्देहीमा कोदालोले हानेर पाँच जनाको हत्या

रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा ५ जनाको सामुहिक हत्या भएको छ । कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जना कामदारको हत्या भएको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न पक्राउ परिसकेका छन् ।

स्थानीय कृष्ण बहादुर पुनको गंगादेबि पसु फर्ममा काम गर्ने ५ जनाको सोमबार राति संगै काम गर्ने सहकर्मीले हत्या गरेका हुन् । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सुर्खेतका ३२ बर्षिय झपेन्द्र सिंह सिंजालीले अपराध स्वीकारीसकेका छन् ।

सामुहिक हत्यामा ज्यान गुमाउनेमा सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी हुन् । उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती हुन भने पोषराज अनाथ भएकाले फर्मका संचालक कृष्ण बहादुर पुनले मुसहर दम्पतीलाई पाल्न दिएका थिए ।

करण सोही फर्मभित्रको एक घरमा बस्दै आएका थिए भने आशिष उनका साथी हुन् । कान्छी बजार घर भएका आशिष दुई दिनदेखि त्यहाँ बस्दै आएका थिए । घटनामा संलग्न सुर्खेतका झसेन्द्र सिजांली(३२ वर्ष) पनि सोही फर्ममा काम गर्ने कामदार हुन् ।

हत्यामा संलग्न सिंजाली लागुपदार्थ दुव्र्यसनकर्ता भएको र मानसिक रोगि समेत भएको खुल्न आएको छ । यसको पुष्टि भने स्वास्थ्य जाँचपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । हत्यामा संलग्न झपेन्द्र सिंजालीलाई बिहान स्थानियले भुसको गोदाममा लुकेको अवस्थामा भेटाएका थिए ।

Rupandehi samuhik hatya 5 janako

उनलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरी नियन्त्रणमा पुगेका सुर्खेतका ३२ वर्षीय झपेन्द्र सिंजालीले फरुवा (कोदाले) प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भनेका छन्–‘सुरुमा उनले संलग्नता स्वीकारेनन् तर, सोधपुछ गर्दै जाँदा फरुवाले हानेर हत्या गरेको बताएका छन् । उनीहरुले दुःख दिने गरेकाले हत्या गर्नु परेको उनको भनाइ छ ।’

यद्यपि, ती व्यक्तिहरूले कसरी दुःख दिएका थिए भन्नेबारे प्रहरीले खुलाएको छैन । थापा भन्छन्, ‘यो प्रारम्भिक स्वीकारोक्ति हो, विस्तृतमा अनुसन्धानपछि मात्रै खुल्छ ।’

गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा सिंजाली अचेत अवस्थामा थिए । उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार जारी छ । त्यस क्रममा सामान्य बोल्न थालेपछि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको थियो ।

गोठमा काम गर्ने पाँच जनाको हत्या गरी शवलाई तन्नाले ढाकेर राखेको अवस्थामा स्थानियले फेला पारेका थिए । मंगलबार विहान विभत्स दृश्य देखेपछि स्थानियले मंगलापुर प्रहरी चौकीलाई खबर गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्