सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुशान्तसिंहको आत्महत्या नभई हत्या भएको दाबी

आइतबार आत्महत्या गरेका भनिएका भारतीय अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

कैयौँ चलचित्रमा अभिनय गरेका राजपुत आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो । तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्–‘उनले आत्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ, उनको हत्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।’

Sushanta Singh Rajput

बिहारका प्रहरी कमिसनर मनोज सिंहले भने घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताएका छन् । भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ । –एएनआई

फेसबुकबाट कमेन्ट गर्नुहोस्