सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भारतीय तस्करद्वारा सुरक्षाकर्मीमाथी आक्रमण प्रयास

भारतीय तस्करको समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको छ । सोमबार राति भारतीय तस्करको समूहले झापा गाउँपालिका–१, लसुनास्थित नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वार्टर झापाका एसपी रेशमकुमार थक्सुले जानकारी दिएका छन् ।

एसपी थक्सुका अनुसार लसुने नाकाबाट पछिल्लो समय तस्करी मौलाएको छ । सोमबार मध्यराति भारतीय तस्करले अवैध रुपमा सामान छिराउने क्रममा सीमाका सुरक्षाकर्मीले रोक्न खोजेका थिए । कतिपय सामान सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिराइसकिएको थियो ।

Nepal India border Armed Police

‘अवैध सामान बरामद गर्ने क्रममा भारतीय तस्कर समूहले हाम्रा सुरक्षाकर्मीलाई लछारेका हुन्’, एसपी थक्सुले भने, ‘सामान्य वादविवाद भयो, ठूलो घटना हुन पाएन ।’ थक्सुले यो नाकावाट छिराइएको ठूलो परिमाणको मोटरपार्ट्स र सुर्तीजन्य बस्तु बरामद गरिएको छ ।

‘लकडाउन खुकुलो बन्दै गएपछि तस्करहरु सल्बलाउन थालेका छन्’, एसपीले भने, ‘झापाका दक्षिणी नाकाबाट तस्करी मौलाउँदै गएको छ ।’ पछिल्लो समय सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिक र तस्करको समूहबाट श्रृंखलाबद्ध आक्रमण हुँदै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS