सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तपस्वीभेषी बम्जन पक्रन गएको सिआईबी रित्तो

सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले बिहीबार दिउँसो छापा हाने पनि उनी भेटिएनन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ । तर, उनी आश्रममा भेटिएनन् ।

‘घना जंगलभित्र आश्रम छ, त्यसैले हामी छिरिसकेपछि उनी भागेको हुनसक्ने देखिएको छ,’ अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकृतले भनेका छन्–‘जंगलमा ८ घण्टा सर्च अपरेशन चलायौं तर, उनी नभेटिएपछि फर्किएका छौं ।’

प्रहरीले सिन्धुलीस्थित बम्जन आश्रममा छापा हानेको यो तेस्रो पटक हो । यद्यपि, यसपटक पनि उनी जोगिन सफल भएका छन् । र, सीआईबी टोली खाली हात काठमाडौं फर्किएको छ ।

Ram Bahadur Bamjan

बम्जनमाथि अनुयायी बेपत्ता पारेको आरोप छ । अदालतले पनि उनलाई पक्राउ गर्न पूर्जी दिइसकेको छ । यसअघि यसअघि गत २४ माघ र ०७६ पुसमा प्रहरीले सिन्धुपाल्चोकस्थित बम्जनको आश्रममा छापा हानेको थियो तर, सुरुमै सूचना चुहाइँदा बम्जन उम्कन सफल भएका थिए ।

यो पटक पनि बम्जन आश्रममा रहेको सूचना पाएपछि सीआईबीको टोली सिन्धुली पुगेको थियो । बम्जनमाथि अनुयायीलाई बेपत्ता पारेको आरोप छ । सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता रहेको भन्दै उजुरी परेको छ । र, उनीविरुद्ध अदालतले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्