सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालको सिंगै गाउँ ६० बर्षदेखि चीनको कब्जामा

पछिल्लो समय नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषय चर्चामा छ । तर, नेपालमा केही यस्ता ठाँउ पनि छन् जहाँ चीनले अड्डा जमाएको, छ । गोरखाको एउटा गाँउ ६० वर्षदेखि तिब्बतको अधिनमा छ ।

उत्तरी गोरखाको रुई गाउँ सरकारी हेलचेक्र्याइँका कारण २०१७ देखि चीनको अधिनमा छ । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाली गाँउमा कब्जा जमाएको हो । उक्त गाउँमा हाल ७२ घर छन् । यो गाँउ अहिले नेपालको नक्सामा समेत छैन ।

Rui Village Gorkha

रुईभोटका बासिन्दाले जग्गाको कर तिरेको अभिलेख मालपोत कार्यालय, गोरखामा सुरक्षित छ । तर, गाँउ भने चीनको कब्जामा छ । इतिहासकार रमेश ढुंगेलका अनुसार गोरखाको उत्तरी भेगमा रुई र तेघा भन्ने दुईवटा गाउँ नेपालकै हुन् ।

२०१७ मा गएको नापी टोलीले साम्दो र रुईको बीचमा ३५ नम्बर पिलर राख्न तिब्बतसँग सहमति जनाएपछि नेपाली भूभाग उता पुगेको हो । सामागाउँ, साम्दो, रुई गाउँको भाषा, धर्म, भेषभूषा, संस्कृति उही छ ।

तिब्बततर्फ समेटिएपछि रुईका कतिपय बासिन्दाले कडा असहमति जनाएका थिए । उनीहरू भागेर सामागाउँ नजिकै आफ्नै बारी तथा गोठ रहेको साम्दो भन्ने ठाउँमा रातारात आएका थिए ।

लापरबाहीकै कारण किमाथांकाका करिब ३ सय ५० घरधुरी पनि तिब्बततिर परेको, मुस्ताङमा पनि दुई दिनभरि पैदल हिँडेर नसकिने भूभाग तिब्बततिर परेको इतिहासकारहरुको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्