सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा अन्दाजी २५ देखि ३० वर्षीया महिला रहेको बताएका छन् ।

Death boy corona

ती महिलाको बेवारिसे शव दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ११ गते भेटिएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको थियो । मन्त्रालयका अनुसार उनको ठेगाना खुलेको छैन ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेका २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखाका १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, पर्साका १ गरी २७ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS