सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुई छिमेकी चीन र भारत युद्धको तयारीमा

लद्दाखस्थित गलवान घाटीमा हालै भएको संघर्षपछि भारत र चीनबीच तनाव बढेको छ । सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको समाचार प्रकाशनमा आइरहेको छ ।

सन् १९९६ को सम्झौतामा उल्लेख भएअनुसार दुवै देशलाई वास्तविक नियन्त्रणको रेखा (एलएसी)मा हतियार प्रयोग गर्न निषेध गरिएको छ । त्यसैले चीनले आफ्ना लडाकुलाई सैनिक तालिम दिनका लागि तिब्बती लडाकुलाई पनि भर्ना खोलेको छ ।

Chinese army fighter plane

तिब्बती लडाकुहरू परम्परागत युद्धमा माहिर हुन्छन् । उनीहरू लट्ठी, भाला, डन्डा तथा रडले युद्ध गर्न सिपालु मानिन्छन् । यही माध्यमबाट चीनले अब भारतसँग युद्ध गर्ने तयारी गरिरहेको छ । पिपुल्स डेलीको रिपोर्टअनुसार तिब्बतको पठार इलाकामा बसोबास गर्ने यी लडाकुले चिनियाँ सैनिकलाई विभिन्न हतियारले युद्ध गर्नका लागि तालिम पनि दिइरहेका छन् ।

भारत र चीनले दुवै देशबीचको आपसी विश्वास बढाउन सन् १९९६ र सन् २००५ मा सम्झौताहरू गरेका थिए । सम्झौताअनुसार दुवै देशका सैनिक गस्तीको समयमा आमनेसामने भए पनि गोली चलाउन निषेध गरिएको थियो ।

यसका साथै दुवै देशका सेनाले गस्तीको समयमा एलएसीको दुई किलोमिटरसम्म आफ्नो राइफलको ब्यारललाई जमिनतिर झुकाएर राख्नुपर्ने नियम राखिएको थियो । बिनासूचना एलएसीको १० किलोमिटरभित्र दुवै देशका सैन्य विमानको उडानलाई पनि प्रतिबन्ध लगाइएको थियो ।

यही सम्झौताले गर्दा नै सन् १९७५ यता एलएसीमा शान्ति कायम थियो । आजसम्म दुवै देशबीच त्यस्तो घटना भएको थिएन । तर, अहिले उक्त सम्झौताविपरीत कदम चालिएको भन्दै दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।

भारतले पनि अहिले स्थिति हेरेर हतियार चलाउन आफ्ना कमान्डरलाई आदेश दिएको केही भारतीय सञ्चार माध्यमले जनाएका छन् । चीनले पनि सीमामा धेरै तोप, ट्यांकर र अन्य हतियार तयारी अवस्थामा राखेको छ ।

त्यसैगरी भारतले चीनको सीमा नजिक तैनाथ स्थल र वायु सेनालाई सचेत गराएको छ । भारतीय नौसेना पनि हिन्द महासागर क्षेत्रमा लगातार गस्तीमा रहेको जनाइएको छ ।–एजेन्सी

फेसबुकबाट कमेन्ट गर्नुहोस्