सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतबाट नेपाल छिरेको सलह किरा दाङ पुग्यो

भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङ पुगेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेको हो । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति नपुर्याएको बताएका छन् ।

स्थानीयले अस्वाभाविक रुपमा फट्याङ्ग्राहरु उडेको देखेपछि केहीलाई समातेर राखेका थिए । ती फट्याङ्ग्राका फोटा कृषि ज्ञान केन्द्र दाङको टोलीले नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा पठाएको र नार्कले सलह किरा नै भएको पुष्टि गरेको धितालले बताएका छन् ।

Locast in Nepal salaha

ती सलह किराको समूह कपिलवस्तु हुँदै दाङसम्म पुगेको अनुमान गरिएको छ । तराई मधेसका जिल्लामा शनिबार दिउँसो एक्कासी देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडी जिल्लाहरुमा फैलिइसकेको छ ।

कृषि मन्त्रालयले भने नेपालमा प्रवेश गरेका सलहको बथान सानो भएकाले यसले खासै क्षति नपुर्याउने भन्दै नआत्तिन किसानहरुलाई आग्रह गरेको छ । हावा जता बहन्छ, सलह किराहरु पनि उडेर त्यतै जाने गर्दछन् । सोमबारबाट हावा पूर्वबाट पश्चिमतर्फ बहने भएकाले सलह किरा पनि पश्चिमका जिल्लातिर जान सक्ने पूर्वानुमान गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्