सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाढिपहिरोमा परि जापानमा १६ को मृत्यु, १३ बेपत्ता

कोरोनाको महामारीले विश्व आक्रान्त भइरहेको बेला भारी वर्षापछि आएको बाढीपहिरोले जापानमा अर्को विपत्ति थपिदिएको छ । बाढिपहिरोमा परी जापानमा यो समाचार तयार पार्दासम्म १६ जनाको मृत्यु भएको छ ।

भारी वर्षातका कारण क्युसुको दक्षिणी टापुमा आएको बाढीपहिरोले आइतबार १६ जनाको मृत्यु भएको जापानको समाचार संस्था एनएचकेले जनाएको छ । साथै १३ जना अँझै बेपत्ता छन् भने १७ जना अचेत अवस्थामा छन् ।

शनिवार आएको भारी बर्षापछीको बाढी, पहिरो र डुवानमा परि कुमामोतो प्रिफेक्चरमा अझै १३ जना हराईरहेको बताइएको छ । कुमा नदि सहित स्थानिय ११ भन्दा बढी खोलामा पानीको सतह बढेर बस्तिमा पस्दा बिपदले बिनासको रुप लिएको थियो ।

बाढीपहिरो र डुवानमा परि सबैभन्दा धेरै हितोसी शहरमा ९ जनाको ज्यान गएको छ । त्यसैगरी आशाकितामा ६ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् । बाढिपहिरोपछी २ लाख भन्दा बढिलाई सुरक्षित स्थानमा सारिएको छ ।

Kumamoto Japan

पहिरो गएपछि स्थानीयहरूले आफ्नो घरमा पसेका माटो निकालिरहेको देखिएको थियो । त्यस्तै सेनाले बेपत्ता हुनेहरूको खोजी गरिरहेको छ । उद्धार गरिएकी एक महिलाले भनेकी छिन्–‘हामीसँग बत्ती थिएन खाने पानी थिएन । एकदम गाह्रो थियो ।’

जापानको मौसम विभागले आइतबार साँझ फेरी भारी वर्षा हुने पूर्वानुमान गरेको छ । साथै पहिरो जाने जोखिमसमेत उच्च रहेकोले सतर्कता अपनाउन भनेको छ । मौसम विभागले भनेको छ–‘क्युसुको दक्षिण टापुमा आज साँझ चट्याङसहितको भारी वर्षा हुनेछ । वर्षाले माटोलाई खुकुलो बनाइसकेको छ । धेरै पानी नपरे पनि पहिरो जाने जोखिम उच्च छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्