सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुकमा लाईभ गरेर युवतीले गरिन आत्महत्या

चितवनमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर एक युवतीले आत्महत्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सुभास भट्टका अनुसार भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको जानकारी दिएका छन् ।

Sucide Girl

भरतपुरमा ती युवतीले ब्युटिपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको इन्सपेक्टर भट्टले बताएका छन् । ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

ती युवती भरतपुरको स्याउली बजारमा एउटा फ्ल्याटमा भाडामा तीनजना साथीसँग बस्दै आएकी थिइन् । साथीहरु नभएको समयमा ती युवती सलको पासो लगाएर झुण्डिएकी प्रहरीको भनाइ छ । केही दिनअघि दाङमा पनि यस्तै घटना भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्