सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाढिपहिरोमा परि जापानमा ४१ जनाको मृत्यु

लगातारको बर्षा पछि आएको बाढी र पहिरोका कारण जापानको क्युसु क्षेत्रमा ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । जापानका स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार क्युउस्यु प्रान्तको कुमामोतोमा मात्रै ४१ जनाले बाढिपहिरोका कारण ज्यान गुमाएका छन् ।

उक्त क्षेत्रमा अझै केही बेपत्ता रहेको र उद्दार कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीका वासिन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको समाचारमा जनाइएको छ ।

कुमामोतो, सागा, फुकुओका र नागासाकी क्षेत्रमा बाढी पहिरोले थप क्षति पु¥याउन सक्ने भन्दै जापानको मौसम विभागले उच्च सतर्कता अपनाउन चेतावनी जारी गरेको छ ।

Kumamoto Japan

जापानको सरकारी सञ्चार माध्यम एन एच केले अनलाइन संस्करणमा प्रकाशित गरेको समाचार अनुसार नागासाकी क्षेत्रका करिब ९५ हजार ब्यक्तिलाई सुरक्षित स्थानमा बस्न चेतावनी जारी गरिएको छ ।

त्यस्तै फुकुओका क्षेत्रमा पनि १ लाख २ हजार भन्दा बढी ब्यक्तिलाई सुरक्षित स्थानमा सर्न निर्देशन् दिएको छ । भीषण बर्षापछिको बाढी पहिरोका कारण कुमामोतो सबै भन्दा बढी प्रभाबित भएको छ ।

निरन्तरको बर्षाका कारण उद्दार कार्य प्रभाबित भए पनि यो समाचार तयार पार्दा सम्म उद्दार कार्य चलिरहेको छ । अधिकारीहरुका अनुसार कुमामोतो क्षेत्रमा अझै १० जना हराइरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्