स्याङ्जामा घर पुरिँदा आमाको मृत्यु, छोरी घाईते
घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारूको मृत्यु भएको छ । मायाकी २० वर्षीया छोरी नारायणी सारू घाइते भएकी छिन् ।
घाइते नारायणीलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार घर भन्दा २० मिटरमाथि रहेको भिरालो जमिनबाट ढिस्को खसेर घर पुरिएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्