खेल्न भनि निस्किएका ३ बालकको लास भेटियो
झापामा केही दिनदेखि बेपत्ता भएका तीन जना बालक सिमसार क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । उनीहरु तिनै जना भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४/१५ वर्षका करण थामी र उनका भाइ ११/१२ वर्षका अर्जुन थामी छन् ।
मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो भने बिहीबार बिहान थप दुई जनाको शव भेटिएको हो ।
प्रहरीका अनुसार खोजी तथा उद्दारमा प्रदेश नं. १ विपद व्यवस्थापन गुल्म, चन्द्रगढीबाट समेत टोली परिचालित भएको थियो । तीनै जना बालक घरबाट खेल्न जान्छु भनेर निस्किएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्