श्रीमति हत्या गरि जलाउने पुर्वडीआईजी जेलमुक्त
पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रन्जन कोइराला जेलमुक्त भएका छन् । कोइराला बिहीबार बिहान ११ः५० बजे डिल्लीबजार कारागारबाट निजी कारमा बाहिरिएका हुन् ।
केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले पुनरावेदन अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो । कोइराला पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए ।
कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए । सशस्त्र प्रहरीका पूर्वडीआईजीलाई प्रधानन्यायाधीश सम्मिलित सर्वोच्च अदालतको संयुक्त इजलासले भारी कैद छुट दिएको हो ।
श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको हो । सर्वाेच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला बिहीबार कैदमुक्त्त भएका छन् ।
थुनामुक्त भएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई ‘रिसिभ’ गर्न उनकी प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी छन् । बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमी कोइरालालाई रिसिभ गर्न प्रेमिका रेग्मी डिल्लीबजार कारागार पुगेकी हुन् ।
रञ्जनलाई लिन गएकी प्रेमिका गित ढकालले रञ्जन र आफ्नो बिबाह भईसकेको बताएकी छिन् । यता रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर जेल परेका रञ्जन रिहा हुँदा उनका छोराहरु रिसिभ गर्न आएनन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्