एसएसपीको सरुवा किन राति ? (सुचिसहित)
विभिन्न विवादका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । वुधबार राति गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएसपीहरुको सरुवा भएको हो ।
सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाण्डौ प्रहरी प्रमुखको रुपमा सरुवा भएका छन् । अपराध महाशाखामा भने दिनेश अमात्य आएका छन् । त्यसैगरी सिन्धुलीको तालिम केन्द्रमा महेन्द्र पोखरेल, दिपक थापा लुम्विनी प्रहरी प्रमुखमा सरुवा भएका छन ।
त्यस्तै ठुले राईको ललितपुर प्रहरी प्रमुखमा र उत्तम कार्की कोशी प्रहरी प्रमुखमा सरुवा भएका छन् । लागू औषध नियन्त्रण ब्युरो नारायणीमा धिरु बस्न्यात आएका छन् भने सुर्य उपाध्याय र पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ ।
त्यसैगरी एसएसपी सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालय, शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल, वलराम शर्मा सगरमाथा प्रहरी प्रमुख र विष्णुहरी गौतम गण्डकी अंचल प्रमुख भएका छन ।
कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वाग्मतीमा पुष्प रन्जितको सरुवा भएको छ । गृहमन्त्री र प्रहरी महानिरीक्षक अर्यालबीचको विवादका कारण एसएसपी सरुवा ढिला भएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्