छोरी वलात्कार गरेको आरोपमा बाबु पक्राउ
कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ ।
जबरजस्ती करणीमा मुद्दा दर्तासमेत भइसकेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताएका छन् । थापाले भनेका छन्–‘बिहीबार राति नै आरोपीलाई पक्राउ गरेका हौँ । हामी अहिले अनुसन्धानमै छौँ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्