सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुन सामान्य मान्छेले किन्नै नसक्ने गरी महंगियो

आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔंस १९ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोना बढेसंगै सुनको मुल्य एक्कासी आकासिएपछी सुन हुनेखानेले मात्रै किन्न सक्ने भएको छ । नेपालमा सुनको प्रयोग हुने चाडपर्व आउँदै गर्दा सुनको मुल्य आकासिएपछी सामान्य आय भएका मानिसका लागी सुन आकासको फल झैँ भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्